सोमबार, वैशाख २८, २०८३

शरणार्थी प्रकरणमा एमालेले सौदाबाजी गर्‍यो: माओवादी

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई नक्कली भुटानी शरणार्थी प्रकरणले पोलेपछि लडाकु शिविरको बारेमा प्रसंग उठाएको आरोप लगाएको छ।

National life

पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले यस्तो बताएका हुन्। उनले भने, ‘एमालेले अहिले लडाकु शिविरबारे किन प्रश्न उठायो भन्दा नक्कली भुटानी शरणार्थी प्रकरणले पोल्यो कि?’

उनले शरणार्थी प्रकरणमा दोषी रहेका सबैलाई कारवाही गर्न सरकार तयार रहेको समेत बताए। 

प्रवक्ता महराले भुटानी शरणार्थी प्रकरणमा कसैसँग सम्झौता नहुने पनि प्रष्ट पारे। कुनै पार्टी वा नेतासँग भुटानी शरणार्थी प्रकरणमा सम्झौता नहुने उनले बताए। उनको भनाइ एमाले र अध्यक्ष ओलीप्रति लक्षित थियो।

‘भुटानी शरणार्थी प्रकरणमा सरकारले कारबाही प्रक्रिया अघि बढाएपछि सकारात्मक प्रभाव पारेको छ। यसलाई अघि बढाउनुपर्छ। पदाधिकारी बैठकले सरकार खुट्टा नकमाएर अघि बढोस् हामी समर्थन गर्न तयार छौं भनिसकेको छ। यो प्रकरणमा प्रधानमन्त्रीसहित ओली देउवाबीच भेटघाट भइराखेको छ। यस विषयमा आशंका व्यक्त भएको छ। कतै सम्झौता हुन्छ कि भन्ने छ। यो सम्झौता गर्ने विषय होइन,’ उनले भने। 

जनमुक्ति सेनाको विषयमा संसद्‍मा प्रश्न उठे पनि कुनै आर्थिक हिनामिना नभएको उनले दाबी गरे। ‘जनमुक्ति सेनाको क्याम्पको विषय संसद्मा उठेको छ। त्यसमा म पनि सहभागी छु। साढे ६ वर्ष जनमुक्ति सेनाको रेखदेख राज्यले लियो। सबैभन्दा पहिलेको ५ महिना सेनाको क्याम्प व्यवस्थापन भनेर मैले ४६ करोड रुपैयाँ बुझेको थिएँ। अरु झण्डै २० अर्ब रुपैयाँ खर्च भएको छ होला। त्यो सबै बजेट शिविर व्यवस्थापन कार्यालयबाटै खर्च भएको छ,’ महराले भने।

प्रकाशित: May 21, 2023| 16:06 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्