सोमबार, वैशाख २८, २०८३

नीति तथा कार्यक्रमबारे ओली: रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

National life

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा देश असामान्य अवस्थामा रहेको यथार्थ लुकाउन खोजेको बताएका छन्।

नीति तथा कार्यक्रममाथि संसद्मा भइरहेको छलफलमा भाग लिँदै ओलीले भने, ‘लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ।’ देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको उनले बताए।

जनताले नीति तथा कार्यक्रमकै आधारमा सरकारको गन्तव्य हेरेको उनले बताए। ओलीले भने, ‘ जनआकांक्षाको सम्बोधन र सरकारको गन्तव्य नै मार्गचित्र नै नीति तथा कार्यक्रम हो। एमालेको निर्णायक पहलमा सात दलको प्रधानमन्त्रीको प्रस्तावमा नियुक्त हुनुभएको प्रधानमन्त्रीज्यू, भलै दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो। मुटु प्रत्यारोपण भइसकेपछि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने प्रयासका साथ मैले सुनें र पढें। तर, नीति तथा कार्यक्रम के उद्देश्य र गन्तव्यको लागि आएको छ ?  मैले पहिल्याउने कोसिस गरें। तर, त्यस्तो छैन।’

प्रकाशित: May 21, 2023| 12:16 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्