सोमबार, वैशाख २८, २०८३

माधव नेपालले भने- सानो पार्टी भनेर नहेप्नु, सरकार ढाल्दिन सक्छौं

 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

काठमाडौं- सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा सरकार ढाल्न सक्ने चेतावनी दिएका छन्। अध्यक्ष नेपालले संसद्‍मा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी दिए।

National life

शनिबार सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर गरे। थोरै सिट भनेर नहेप्न उनले सत्ता गठबन्धनलाई चेतावनी दिए।

नेकपा एमालेतर्फ इंगित गर्दै अध्यक्ष नेपालले धेरै सिट हुनेहरुको सरकार प्रदेससभामा भकाभक ढलेको भन्दै कटाक्षसमेत गरे। बढी सिट भएर मात्र नहुने भन्दै उनले सरकार टिकाउन नसक्नेले धेरै फुइँ हाँक्न नहुने तर्क गरे। 

एकीकृत समाजवादी स्थापना भएको दुई वर्षमात्र भएकाले आकार ठूलोजस्तो नदेखिए पनि देशभर संगठन फैलँदै गएको उनले सुनाए।
 

प्रकाशित: May 20, 2023| 17:44 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्