बुधबार, भदौ ३, २०८३

सुदूरपश्चिम सरकार विस्तार, सय दिनमा पनि हुन सकेन पूर्ण

 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री भएको तीन महिनापछि शाहले शनिबार नेपाली कांग्रेस र माओवादी केन्द्रबाट चार जनालाई सहभागी गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

कांग्रेसबाट एक, माओवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन्। नयाँ मन्त्रीहरुले आजै प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिए। 

कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्। यस्तै, माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्। माओवादीकी गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन्।

एमालेका राजेन्द्रसिंह रावल नेतृ्त्वको सरकार ढलेसँगै गत माघ २६ गते कांग्रेस संसदीय दलका शाह मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट माघ २७ गते उनले दुई मन्त्री नियुक्त गरेका थिए। सरकार गठन भएको सय दिन पूरा हुँदा पनि मुख्यमन्त्री शाहले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको हो। सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय नपाए सरकारमा सहभागी नहुने अडान लिँदै मन्त्रीको नाम दिएको छैन। मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीको लागि एउटा मन्त्रालय खाली राखेका छन्।
 

प्रकाशित: May 20, 2023| 17:26 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।