शुक्रबार, वैशाख ७, २०८१

कसरी बन्ने असल अभिभावक?

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

बालबालिकाको लागि आमा प्रथम शिक्षक मानिन्छन्। अभिभावकत्व एउटा यस्तो प्रक्रिया हो , जसले तपाईं आफ्नो बच्चालाई असल नागरिक बनाउन सक्नु हुनेछ। 

triton college

एउटी असल आमाले पूरै देश र समाजलाई असल नागरिक प्रदान गर्छिन्। प्रकृतिले आमालाई ठूलो भूमिका दिएको छ। 

अभिभावक बन्नु गाह्रो काम हो। आमाहरु हरेक समय सतर्क रहनुपर्छ। कतिपय अवस्थामा कडा निर्णय लिनुपर्ने अवस्था पनि आउन सक्छ। त्यसो त बालबालिकाको हेरचाहमा आमा र बुवा दुवैको भूमिका महत्वपूर्ण मानिन्छ तर आमाको भूमिकाले ठूलो महत्व राख्छ। 

असल आमा बन्नु भनेको बालबच्चासँग अति कठोर अथवा अति लचिलो हुनु होइन। न त आफूलाई बिर्सनु नै हो। विज्ञहरु भन्छन्- असल आमा भनेको आफूलाई र आफ्नो बच्चाको मनोभावना बुझेर त्यसअनुरुप व्यवहार गर्नु हो।

नयाँ बनेका आमा तथा अभिभावकलाई थुप्रै सल्लाह दिइन्छ। तर आफूलाई उचित र सही लागेको काम गर्नुपर्छ। 

corrent noodles
Metro Mart

आत्म जागरूकता- जो व्यक्ति आफ्नो सबल र दुर्बल पक्षलाई लिएर जागरुक हुन्छ, उसले सबै कुरालाई सही ढंगबाट व्यवस्थित गर्न सक्छ। र आफ्नो बच्चाको मनोभाव बुझेर उनीहरुमा भएको सबल र दुर्बल पक्ष पहिचान गर्न सक्छ। 

सुन्ने बानी- प्रत्येक बालबालिकाको चाहना हुन्छ कि उनीहरुको कुरा बिना ‘जज’ सुनियोस्। आमासँग त झन् यस्तो अपेक्षा बढी हुन्छ। उनीहरु विस्तारै हुर्किंदै जाँदा आफ्नो विचाार र भावनाहरुलाई बिना फिल्टर भन्छन्। तर यदि अभिभावकले बच्चाको कुरालाई महत्व दिएर सुनिदिएन अथवा ध्यान दिएन भने विस्तारै उनीहरुले आफ्नो मनको भावना, कुरा भन्न छोड्छन्। यसका साथै सानो–सानो कुरामा कडाइ गरियो भने कुरा लुकाउने, नभन्नेसम्मको व्यवहार बालबालिकाले प्रदर्शन गर्न थाल्छन्। त्यसैले आफ्नो बच्चाको हरेक सानो कुरालाई ध्यान दिएर सुन्नुपर्छ। र उचित सल्लाह दिनुपर्छ।

बलियो बन्नुस्- हरेक आमालाई समाजमा थुप्रै चुनौतिहरुको सामना गुर्नपर्छ। कतिपटक त विद्यालयमा अंक कम आउँदा होस् अथवा बिरामी पर्दा आमालाई सुनाइने गरिन्छ। यस्तोमा बलियो भएर त्यस्तो कुराहरुको सामना गर्नुपर्छ। अभिभावक बलियो प्रस्तुत भयो भने बालबालिका पनि आत्मविश्वासी बन्छन्। बलियो हुँदा आमाले स्वयंलाई र बच्चालाई समेत कठिन अवस्थाबाट बचाउन सक्षम हुने विज्ञ बताउँछन्। 

विनम्र व्यवहार- कतिपय बेला आमाबाट पनि गल्ति हुन सक्छ। यस्तोमा आफूले पनि क्षमा माग्नुपर्छ। यसले उनीहरुमा विनम्र हुने स्वभाव विकासित हुन्छ। बालबालिकाले आफ्नो कुनै व्यवहारले कसैलाई चित्त दुख्न सक्छ भन्नेप्रति सचेत हुन्छन्। अभिभावकहरुले घरपरिवारमा अथवा समाजमा बोल्दा वा व्यवहार गर्दा विनम्र हुनुपर्छ। यसले बालबालिकामा समेत विनम्रता ल्याउँछ।

सहयोगी बनौं- एउटा महत्वपूर्ण गुण जो हरेक अभिभावकमा हुनु पर्छ। त्यो हो आफ्नो बच्चालाई सहयोग गर्ने। कतिपटक यस्तो हुन्छ जब उनीहरुले यस्तो निर्णय लिन्छन् जो अभिभावकलाई मन परेको हुँदैन। तर बालबालिकालाई फैसला लिन दिनुपर्छ। त्यसमा अभिभावकले सहयोग गर्नुपर्छ। सहयोग गर्नुको अर्थ उनीहरुलाई ठीक र बेठिकको अन्तर सम्झाउनु पनि हो। पढाइदेखि जीवनको हरेक क्रियाकलापमा अभिभावकको सहयोगले उनीहरुलाई हौसला प्रदान गर्छ र उर्जा थपिन्छ।
 

प्रकाशित: May 21, 2023| 05:41 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्