शुक्रबार, भदौ १२, २०८३

गल्छीबाट १० किलो गाँजासहित एक जना पक्राउ

 |  शुक्रबार, भदौ १३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १३, २०८२

काठमाडौं । धादिङको गल्छीबाट प्रहरीले १० किलो लागुऔषध गाजासहित एक जनालाई पक्राउ गरेको छ।

बिहीबार दिउँसो १ बजेतिर गल्छी गाउँपालिका–६ स्थित कार्की डाँडातर्फबाट महेश दोभानतर्फ आउँदै गरेको जाँच गर्दा स्कुटरमा राखेर ल्याइएको १० किलो २४० ग्राम लागुऔषध गाजा प्रहरी टोलीले बरमद गरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–९ नयाँ बस्ने २९ वर्षीय सञ्जय केसी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

पक्राउ परेका केसीमाथि धादिङ जिल्ला अदालतबाट ७ म्याद लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

 

प्रकाशित: Aug 29, 2025| 20:40 शुक्रबार, भदौ १३, २०८२
प्रतिक्रिया दिनुहोस्