बुधबार, भदौ ३, २०८३

सरकारको ध्यान अर्थतन्त्रमा केन्द्रित: राष्ट्रपति

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको ध्यान अर्थतन्त्रमा केन्द्रित हुनुपर्ने बताएका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले सरकारको अबको ध्यान अर्थतन्त्र सुदृढीकरणमा हुनुपर्ने बताएका हुन्।

सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले भने,‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ। वैदेशिक लगानीमा सकारात्मक प्रभाव देखिन थालेको छ। विदेशमा रहेकाहरू सामाजिक सुरक्षा कोषमा आवद्ध हुन थालेका छन्। भ्रष्टाचार नियन्त्रणको सहनशिलतालाई कार्यान्वयन गर्न थालिएको छ। विधिको शासनप्रति जनताको भरोसा बढेको छ। सुशासनमा कुनै सम्झौता हुनेछैन।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको बताए। पौडेलले सरकारको नीति तथा कार्यक्रममा मानव विकासको सूचकांकमा पछि परेका सुदूरपश्चिम र मधेश सरकारलाई प्राथमिकतामा राखिने बताए।
 

प्रकाशित: May 19, 2023| 16:32 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्