बुधबार, भदौ ३, २०८३

विद्युत् पोलबाट खसेर अर्घाखाँचीमा एक जनाले ज्यान गुमाए

किमडाँडामा बिजुलीको खम्बामा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासि तार तान्दा खम्बाबाट खसेर ३६ वर्षीय कृष्णबहादुर रानाको ज्यान गएको हो।
 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

किमडाँडामा बिजुलीको खम्बामा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासि तार तान्दा  खम्बाबाट खसेर सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर रानाको ज्यान गएको हो।

अर्का किरन राना घाइते भएका छन्। उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब मुकुन्द रिजालले बताए। गम्भीर घाइते भएका रानाको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको हो।

प्रकाशित: May 19, 2023| 16:18 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्