सोमबार, वैशाख २८, २०८३

तामझामबिनै प्रतिनिधिसभा भवन जाँदै राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न तामझामबिनै संसद् भवन बानेश्वर जाने भएका हुन्।
 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

काठमाडौं– विगत वर्षमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सम्बोधनका लागि संघीय प्रतिनिधिसभा भवन पुग्दा राष्ट्रपतिको घोडागाडीसहितको लावालस्कर हुने गरेकामा यसपटक त्यो परम्परा तोडिने भएको छ।

National life

राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् आउजाउ गर्दा कुनै पनि तामझामको नगर्न सुरक्षा अंगलाई निर्देशन दिएका हुन्।

राष्ट्रपति रामचन्द्र संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न तामझामबिनै संसद् भवन बानेश्वर जाने भएका हुन्। प्रेस सल्लाहकार किरण पोखरलेले राष्ट्रपति पौडेलले कुनै तामझाम नगर्न निर्देशन दिएको बताए।

सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई राष्ट्रपतिबाट निर्देशन दिइएको उनको भनाइ छ।

गत २५ फागुनमा निर्वाचित पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम वाचन गर्न सामान्य रूपमा संसद् भवन पुगेर फर्कनेछन्।

प्रकाशित: May 19, 2023| 11:54 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्