सोमबार, वैशाख २८, २०८३

थपिँदै सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री

मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता सम्हालेको १०० दिन पुगेकै बेला आज केही थान मन्त्री नियुक्त गर्ने भएका हुन्।
 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता सम्हालेको १०० दिन पुगेकै बेला आज केही थान मन्त्री नियुक्त गर्दै छन्। नवनियुक्त मन्त्रीहरूले आज बेलुकीसम्म पद तथा गोपनीयताको सपथ लिने मुख्यमन्त्री शाहले जानकारी दिएका हुन्।

National life

प्रदेशमा सात मन्त्री र तीन राज्यमन्त्री गरेर १० जनालाई मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था भए पनि हाल मुख्यमन्त्री र दुई मन्त्री मात्रै सरकारमा छन्।

आज विस्तार हुने मन्त्रीमण्डलमा माओवादी केन्द्रका झपटबहादुर साउद (अछाम) सामाजिक विकासमन्त्री र रमेशसिंह धामी (कैलाली) उद्योग, वन तथा वातावरणमन्त्री बन्दै छन्। माओवादीबाटै गीता माल (डडेलधुरा) लाई राज्यमन्त्री बनाइने भए पनि मन्त्रालयबारे अझै टुंगो नलागेको बताइन्छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रेशम चौधरी संरक्षक रहेको उन्मुक्ति पार्टीलाई दिइने सहमति भए पनि हालसम्म उसले मन्त्रीको नाम छानेको छैन। उन्मुक्तिबाट रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीमध्ये एक जना मन्त्री हुने चर्चा छ।

कांग्रेसले पाउने भनिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि अहिलेसम्म नाम टुंगो लागेको छैन। प्रदेश सरकारमा कांगेसकै प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र नेकपा एसका नरेशकुमार शाही आर्थिक मामिला मन्त्री छन्।

प्रकाशित: May 19, 2023| 11:20 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्