सोमबार, वैशाख २८, २०८३

चीन उड्यो माओवादी केन्द्रका नेताहरूको जम्बो टोली

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि चीन गएको हो।
 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरू माओवादीको जन्मभूमि चीन भ्रमणमा निस्किएका छन्।

National life

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज बिहान चीनको छेन्दु उडेको हो।

भ्रमणमा एकअर्का मुलुकका अनुभव साटासाटका साथै विकास, निर्माण, राजनीतिलगायत विषयमा छलफल हुने भ्रमण दलका सहभागी जीपी मैनालीले बताए।

भ्रमण टोलीमा सापकोटासहित पार्टी सचिवत्रय  हितमान शाक्य, गणेश साह र डिलाराम आचार्य, प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि सहभागी रहेको बताइएको छ।

उत्तरी छिमेक चीनले नेपालमा रहेका माओवादी, माक्र्सवादी लेनिनवादी, स्टालिनवादीलगायत कम्युनिस्ट नेताहरुलाई बेलाबेला बोलाएर छलफल गर्ने गरेको छ।

प्रकाशित: May 19, 2023| 10:58 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्