बुधबार, वैशाख ९, २०८३

संकट टार्ने शनि जयन्ती आज

 |  शुक्रबार, जेठ ५, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शुक्रबार, जेठ ५, २०८०

आज शनिको विशेष दिनका रुपमा मानिने शनि जयन्ती परेको छ। शनिलाई प्रसन्न पार्न सकेमा शनिको दोष निवारण हुने र शनि प्रसन्न भई संकटमुक्त भइने धार्मिक मान्यता छ। तसर्थ शनि जयन्तीका दिन शनिको उपासना एवम् बिभिन्न उपायका काम गर्नुपर्दछ।  

National life

शनिको पौराणिक मन्त्र
ऊँ ह्रिं नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम।
छाया मार्तण्डसम्भूतं तं नमामि शनैश्चरम्।।

शनिको वैदिक मन्त्र
ऊँ शन्नोदेवीर- भिष्टय,आपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तुनः।

शनिको तान्त्रिक मन्त्र
ऊँ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः।

शनिको मुख्य मन्त्र
ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः।

kumari

शनिको सामान्य मन्त्र
ॐ शं शनैश्चराय नमः।

शनि गायत्री मन्त्र
ऊँ भगभवाय विद्महैं मृत्युरुपाय धीमहि तन्नो शनिः प्रचोद्यात्।

यदि कुनै ब्यक्तिमा शनिको नकारात्मक प्रभाव परेको छ अथवा शनिदोष छ। त्यस्तै शनिको बक्र दृष्ट्रिबाट बच्नु छ भने आज शनि जयन्तीका दिन यी ७ महाउपाय गर्नुहोस्।
- हनुमानजीको उपासना गर्नुहोस्।
- गरीबलाई दान गर्नुहोस्।
- शनिवारका दिन अर्थात भोली शनिदेवलाई तेल चढाउनुहोस्।
- कालो दाल दान गर्नुहोस्।
- ब्राम्हणलाई भोजन गराउनुहोस्।
- पीपलको बोट मुनि संध्याकालमा तेलको दियो बाल्नुहोस्।
- कालो कुकुरलाई घ्युमा बनेको रोटि खुवाउनुहोस्।

प्रकाशित: May 19, 2023| 06:14 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्