बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जर्मनी सरकारबाट दुई नेपालीले पाए  ग्रिन ट्यालेन्ट अवार्ड

जर्मनी सरकारबाट दुई नेपालीले पाए  ग्रिन ट्यालेन्ट अवार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- जर्मनी सरकारको शिक्षा तथा अनुसन्धान मन्त्रालयले प्रदान गर्ने ग्रिन ट्यालेन्ट अवार्ड दुई जना नेपाली युवाले पाएका छन् । यो अवार्ड सन २००९ देखि जर्मनी सरकारले नविकरणिय क्षेत्रमा राम्रो आइडिया र अनुसन्धान ल्याउने विश्वभरका २५ युवाहरुलाइ हरेक बर्ष प्रदान गर्दै आएको छ । 

धरानको पुर्वान्चल इन्जिनियरिङ क्याम्पसमा प्राध्यापन गर्दै आएका विराटनगरका सागर काफ्ले र चीनको होवाइ विश्वविद्यालयमा पिएचडि गरिरहेकी काठमाण्डौकि निरिना खड्गीले यो अवार्ड पाएका हुन ।  जर्मनी सरकारको शिक्षा तथा अनुसन्धान मन्त्रालयका सचिव डाक्टर जर्ज सुटेबाट उनीहरूले अवार्ड पाएका हुन । 

विश्वभरका २१ देशका २५ जना ग्रिन ट्यालेन्ट छान्ने क्रममा नेपालका दुई युवा अनुसन्धानकर्ताहरूले यो अवार्ड पाउन सफल भएका हुन । यो अवार्डको लागी १ सय बढी देशका ७२६ जनाले आवेदन दिएका थिए । 

अक्टोबर २२ मा जर्मनीको संघिय राजधानी बर्लिनमा काफ्ले र खड्गीले अवार्ड पाएका हुन  । काफ्लेले इट्टा उद्योग क्षेत्रका कोइलाको कम प्रयोग गर्ने बारेमा अनुसन्धान गरेको भन्दै जर्मनी सरकारले अवार्ड दिएको हो । 

कोइला भन्दा ‘फ्युल पेलेट्स’ प्रयोग गरेर कोइलाको प्रयोग घटाउने काफ्लेको अनुसन्धान राम्रो भएको भन्दै यो अवार्ड दिइएको अवार्डको आधिकारिक वेबसाइटले लेखेको छ । कोइलाको ठाउँमा बायोमास प्रयोग हुने फ्युल पेलेट्स प्रयोग गरेर इट्टा र सिमेन्ट उद्योगमा काम गर्न सकिने काफ्लेको अनुसन्धानको निष्कर्ष छ । अवार्ड पाएपछि काफ्लेले भने, ‘नेपालमा कोइलाको आयात कम गर्न र वातावरणमैत्री इन्धनको लागी मेरो अनुसन्धान काम लाग्नेछ ।’

खड्गीलाई भने खानेपानी शुद्धतालाई सहज बनाउने फोटोक्याटालाइसिस प्रविधिका बारेमा रिसर्ज गरेको भन्दै अवार्ड प्रदान गरिएको हो । खानेपानी शुद्ध बनाउन सबैभन्दा सहज र राम्रो तरिकाको बारेमा अनुसन्धान भएको भन्दै उनलाई यो अवार्ड प्रदान गरेको जर्मनी सरकारले आफ्नो वेबसाइटमा लेखेको छ । अवार्ड पाएपछि समाजीक संजालमा नेपालसमयलाइ प्रतिकृया दिएकि खड्गीले भनिन, ‘यो अवार्डले थप हौसला बढेको छ ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।