सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चले रोकेको छ: प्रधानमन्त्री

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चले रोकेको छ: प्रधानमन्त्री

 |  बिहीबार, जेठ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ४, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू पनि रहेको बताएका छन्।

National life

प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नमा बिहीबार प्रधानमन्त्री प्रचण्डले आफ्नै समयमा लाल आयोग गठन भएको र त्यसको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका हुन्। 

'कतिपय आयोगका प्रतिवेदन सार्वजनिक गर्दा त्यसले ल्याउने परिणामका विषयमा पनि आकलन गर्नुपर्ने हुन्छ। यो अन्तर्राष्ट्रिय रूपमा पनि भएको अभ्यास हो। लाल आयोगको प्रतिवेदन पनि त्यही कारण सार्वजनिक नभएको हो। त्यसैले यसका लागि थप परामर्श र छलफल आवश्यक छ,' उनले भने।

प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतले रोकेको पनि उनले बताए।

प्रकाशित: May 18, 2023| 13:44 बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्