सोमबार, वैशाख २८, २०८३

नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज समिति अध्यक्ष मियाँ पक्राउ

नक्कली शरणार्थी प्रकरणमा समितिको गाडी प्रयोग भएको खुलासा भएपछि प्रहरीले मियाँको संलग्नता पुष्टि गर्दै पक्राउ गरेको हो।
 |  बिहीबार, जेठ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ४, २०८०

National life

काठमाडौं– प्रहरीले नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको छ। नक्कली शरणार्थी प्रकरणमा समितिको गाडी प्रयोग भएको खुलासा भएपछि प्रहरीले मियाँको संलग्नता पुष्टि गर्दै पक्राउ गरेको हो। 
अध्यक्ष मियाँले नक्कली शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई गृह मन्त्रालयको गाडी उपलब्ध गराएको प्रहरीको दाबी छ।
गहृ मन्त्रालय स्वामित्वको बीएबी–१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ। उक्त गाडीमा नक्कली शरणार्थी प्रकरणका पीडितलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर ठगी धन्धा चलाउनेहरु जाने गरेको बुझिएको छ।

चितवनको सौराहा र काठमाडौंका सुन्धारालगायत ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यले मियाँ चढ्ने गाडी प्रयोग गरेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समिति अध्यक्ष मियाँ सम्पर्कविहीन थिए। 

नक्कली शरणार्थी धन्धामा संलग्नले हालसम्म ४० करोड ठगेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ। उक्त प्रकरणमा कांग्रेस, एमाले नेताहरुको संलग्न भए/नभएकोबारे थुनामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। हलसम्म नक्कली शरणार्थी प्रकरणमा संलग्न १५ जना प्रहरी हिरासतमा छन्।

प्रकाशित: May 18, 2023| 12:45 बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्