सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको संरक्षक : एमाले नेता ज्ञवाली

कांग्रेस नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको संरक्षक : एमाले नेता ज्ञवाली

नक्कली शरणार्थी प्रकरणमा एमालेले टोबहादुरलाई निलम्बन गरे पनि बालकृष्णलाई कांग्रेसको संरक्षण गरेको नेता ज्ञवालीको दाबी।
 |  बिहीबार, जेठ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ४, २०८०

काठमाडौं– नक्कली शरणार्थी प्रकरणका मुछिएका नेतालाई एमालेले कारबाही गरे पनि कांग्रेसले संरक्षण गर्दै आएको दाबी नेता प्रदीप ज्ञवालीले गरेका छन्।

National life

एमालेले शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ। तर सोही प्रकरणमा छानबिनका लागि प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणलाई कांग्रेसले हालसम्म निलम्बन गरेको छैन। 

बिहीबार प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले कांग्रेसले नक्कली शरणार्थी प्रकरणलाई हलुका रुपमा लिएको आरोप लगाएका हुन्।

उनले भने, ‘हिजोसम्म एमाले सचिव रहनुभएका टोपबहादुर रायमाझी यो मामलामा जोडिनुभयो। उहाँ दोषी हो वा निर्दोष, भोलि छानबिनले भन्ला। छानबिनलाई सहज बनाउन एमालेले निलम्बन गरे पनि कांग्रेसले संरक्षणै गरिरहेको  छ।’

ज्ञवालीले नक्कली शरणार्थी प्रकरण सानो ठगी, अपराध मात्र नभएर नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने गम्भीर अपराध भएको दाबी गरे। घटनामा संलग्न जुनसुकै पार्टीका नेता, नेतृहरुलाई कारबाही गरिनुपर्ने उनको भनाइ छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौं रकम ठगी गरेको आरोपमा एमाले र कांग्रेस नेतासहित हालसम्म १४ जना पक्राउ परिसकेका छन्।  उनीहरू अहिले काठमाडौं उपत्यकाकै विभिन्न प्रहरी कार्यालयका हिरासतमा छन्। 

प्रकाशित: May 18, 2023| 12:24 बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्