बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा जिप दुर्घटना: एकै परिवारका ३ जनाको मृत्यु, ४ घाइते

जुम्लामा जिप दुर्घटना: एकै परिवारका ३ जनाको मृत्यु, ४ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जुम्ला- जुम्लाको हिमा गाउँपालिका-१ बर्कीमा विरामी बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा एकै परिवारका तीन जना रहेका छन्। सात जना सवार जिप दुर्घटनामा मृत्यु हुनेमा करिब २६ वर्षका लाले सार्की, उनकी २५ वर्षीया श्रीमती जानकी सार्की र उनकी तीन वर्षीया छोरी महिमा सार्की रहेको जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिताराम रिजालले बताए। 

जुम्ला सदरमुकामदेखि सिंजा जाँदै गरेको बा १ ज ८६५ नम्बरको जीप बुधबार दिउँसो हिमा गाउँपालिका १ बड्कीमा जीप दुर्घटना भएको डिएसपी रिजालले जानकारी दिएका छन्। 

रिजालका अनुसार सुर्खेतका लागि छुटेको बुलबुले यातायात प्रालिको जीप बिरामी लिन नाराकोट पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो।

दुर्घटनामा घाइतेहरुको अवस्था गम्भीर भएकोले उनीहरुलार्इ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेर उपचार भइरहेको उनले बताए। घटनाको कारणबारे थाहा भइनसकेको र घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।