बुधबार, भदौ १८, २०८२

सरकारी कर्मचारी संगठन नबनाउने राप्रपाको निर्णय

१ देखि ३ जेठसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले पार्टी निकट विद्यार्थी संगठनलाई गैरराजनीतिक र कर्मचारी संगठन नबनाउने निर्णय गरेको हो।
 |  बुधबार, जेठ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

vianetvianet

काठमाडौं– निजामती कर्मचारीको हिताधिकारका नाममा कांग्रेस, एमाले, माओवादी निकट कर्मचारी संघ–संगठनका पदाधिकारी लाभमा लिप्त भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने सरकारी कर्मचारीका संगठन नबनाउने उद्घोष गरेको छ।

Kumaribank

राप्रपाले विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णयसमेत गरेको छ। १ देखि ३ जेठसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले पार्टी निकट विद्यार्थी संगठनलाई गैरराजनीतिक र कर्मचारी संगठन नबनाउने निर्णय गरेको प्रवक्ता सगुनसुन्दर लावतीले बताएका हुन्।

उनले भनेका छन्, ‘राप्रपाले विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको छ। सरकारी तलब खाने कर्मचारीको संगठन पनि नबनाउने निर्णय भएको छ।’

राप्रपाले देशमा विद्यमान संकटलाई निकास दिन सबै राजनीतिक दल र शक्तिलाई संवादमा आउन सुझाएको छ। बैठकले पार्टी संसदीय दलको विधान र यसअघिका कार्यसम्पादन समिति बैठकका निर्णय पनि पारित गरेको प्रवक्ता लावनीले जानकारी दिए।

प्रकाशित: May 17, 2023| 16:23 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्