सोमबार, वैशाख २८, २०८३

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसँग सवालजवाफ गर्दै सांसद

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदबाट सोधिएका प्रश्नको जवाफ दिनेछन्। 
 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

National life

काठमाडौं– बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच सवालजवाफ हुने सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदबाट सोधिएको प्रश्नको जवाफ दिने उल्लेख छ। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

प्रकाशित: May 17, 2023| 14:56 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्