बिहीबार, साउन ७, २०८३

नागरिक उन्मुक्तिको तीन दिने अल्टिमेटम, नभए सरकार छाड्ने

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएको छ। आज पत्रकार सम्मेलन गर्दै नाउपाका नेता लक्ष्मण थारु (चौधरी)ले सरकारले तीन दिनभित्र माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएका हुन्। 

उनले सरकारले टीकापुर घटनालाई राजनीतिक रुपमा व्याख्या नगरेको भन्दै आपत्ति जनाए। लाल आयोग र देवीलाल शर्माको प्रतिवेदन सरकारले किन सार्वजनिक नगरेर रोकेको हो भन्दै उनले प्रश्न गरे। रेशम चौधरीले थारुहरुको अधिकारका लागि लडेकाले उनी निर्दोष भएको तर्क उनले गरे।

जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो। २०७७ पुस ३ गते उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो।

यता हिजोमात्रै सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मुद्दामा सुनुवाइ गर्दै चौधरीको जन्मकैद फैसला सदर गरेको छ।

यसको विरोधमा नागरिक उन्मुक्तिले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ। 

प्रकाशित: May 17, 2023| 14:02 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्