सोमबार, वैशाख २८, २०८३

शेखर कोइरालाले गरे समानुपातिक निर्वाचन प्रणाली खारेजी माग

पछिल्ला दिनमा राजनीतिक दल र तिनका नेताप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले बेलैमा सुध्रिन कोइरालाले दिए सुझाव।
 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीले विकृति भित्र्याएको कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्।अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएकाले यसलाई बदलेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने धारणा उनले व्यक्त गरेका हुन्।

National life

बुधबार प्रजातान्त्रिक विचार समाजको २५औं साधारणसभा अवसरमा कोइरालाले पछिल्ला दिनमा राजनीतिक दल र तिनका नेताप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले बेलैमा सुध्रिनुपर्ने धारणा राखे।

उनले आगामी दिनमा हुने जुनसुकै निर्वाचन कांग्रेस एक्लै लड्नुपर्ने बताए। कांग्रेस एक्लैले निर्वाचन लडेर जनताको मत जित्नुपर्ने उनको भनाइ छ।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कुनै बहानामा चोख्याउने काम नहुपर्ने उनले बताए। ‘जुनसुकै दल वा जुन तहका व्यक्ति भए पनि कानुनबमोजिम कारबाही हुनैपर्छ,’ उनले भने।

प्रकाशित: May 17, 2023| 13:46 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्