बिहीबार, साउन ७, २०८३

नेताको व्यस्तताले नेकपा बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको आज बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ। 

आइतबार र सोमबारमा नियमित बसेको बैठक बुधबार तीन बजेका लागि तय भएको थियो। तर, पार्टीका नेताहरु विभिन्न कार्यक्रमा व्यस्तताले बैठक बिहीबारका लागि सरेको प्रधानमन्त्रीका प्रेस सल्लहकार कुन्दन अर्यालले जानकारी दिए। 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीकै कार्यक्रममा धनुषामा छन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपा नेपालगन्जको कार्यक्रममा छन्। सचिवालय सदस्य समेत रहेका रक्षामन्त्री इश्‍वर पोखरेल र नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा छन्। 

नौ सदस्यीय सचिवालय सदस्य रहेको बैठकमा चार जना राजधानी बाहिर भएकोले बैठक स्थगित भएको हो। 

बैठकले स्थायी समितिका एजेण्डा, पार्टीका तल्ला तथा जनवर्गीय संगठनको एकीकरण, नेताहरुको कार्य विभाजन, सरकारको कामको समीक्षालगायत एक दर्जन विषय समावेश गरी स्थायी समितिका एजेण्डा तय गर्ने कार्यक्रम छ।  

यस अघि नै स्थायी समितिको बैठकका लागि कात्तिक १२ र १३ गते प्रस्ताव गरिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।