काठमाडौं– गठबन्धनमा आबद्ध सरकारमा सहभागी दलको बैठक बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा बजेट, रेशम चौधरी रिहाइ, नक्कली शरणार्थी प्रकरणलगायत विषष्मा छलफल भइरहेको हो।
सरकारले ५ जेठमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले सरकार समर्थित १० दलको बैठक बोलाएका थिए।
बैठकमा सहभागी गठबन्धन दलका नेतासँग प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म नीति तथा कार्यक्रममा लिखित सुझाव दिन समयसीमा तोकिदिएका छन्।
बैठकमा सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला सदर गरेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे नेताहरुबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।