बिहीबार, साउन ७, २०८३

 चीनमा के गर्दैछन् रक्षामन्त्री पोखरेल ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- चीनको राजधानी बेइजिङ्मा भइरहेको आठौं बेइजिङ सियान्शान फोरममा भाग लिन त्यहाँ पुगेका रक्षामन्त्री उपप्रधानमन्त्री तथा इश्वर पोखरेलले बुधबार बिहान तियानमेन स्क्वायर क्षेत्र नगिच रहेको चिनिया कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङको संस्मरणस्थल पुगेर उनीप्रति पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका छन्।  मन्त्री पोखरेल मंगलबार चीन पुगकाे हुन्।

रक्षामन्त्री पोखरेलले त्यहाँ रहेको श्रद्धाञ्जली पुस्तिकामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट चीनका महान् नेता माओत्सेतुङले चीनलगायत विश्वका लाखौँ शोषित पीडित जनताको मुक्तिका लागि पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै हार्दिक श्रद्धाञ्जलीका साथ हस्ताक्षर गरेका हुन्। उनले मन्त्री पोखरेलले नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध तथा सहयोग विस्तार गर्न अध्यक्ष माओत्सेतुङले पुर्‍याएको योगदानको स्मरण गर्दै नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे।

बेइजिङ सियान्शान फोरम २४ अक्टोबरदेखि २६ अक्टोबरसम्म चल्‍नेछ। विश्वका एक सयभन्दा बढी मुलुकका सैन्य क्षेत्रका उच्च नीति निर्माता¸राजनीतिज्ञ तथा उच्च सैनिक पदाधिकारीहरू सहभागी हुने सम्मेलनको दोस्रो दिन मन्त्री पोखरेलले नेपालले संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेना खटाई अन्तर्राष्ट्रिय शान्ति सुरक्षा स्थापनामा पुर्‍याएको योगदानबारे नेपालको धारणा राख्ने कार्यक्रम छ।

सम्मेलनको दौरान मन्त्री पोखरेलले चीनलगायतका मुलुकका रक्षा मन्त्री तथा उच्च पदस्थ सैनिक पदाधिकारीहरूसँग नेपालको शान्ति सेनाको अनुभव बाँड्नुका साथै नेपाली सेनाको आधुनिकीकरण र सशक्तीकरणका विषयमा छलफल तथा परामर्श गर्ने समेत कार्यक्रम छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।