सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाको भारी कांग्रेसले बोक्नु हुँदैन: गगन

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाको भारी कांग्रेसले बोक्नु हुँदैन: गगन

 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने बताएका छन्। कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण र पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेर बयानका क्रममा रहेका बेला उनीहरुलाई जोगाउने काम गर्न नहुने उनले बताएका हुन्। 

National life

शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो उनीहरुको निजी विषय हुने पनि उनले बताएका छन्। 

सामाजिक सञ्जलमा पोस्ट गर्दै थापाले भनेका छन्, 'पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ। तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन। पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो-अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ। दोषी र निर्दोष छुट्टयाउने कानूनी प्रक्रियाबाट हो',

'यति गम्भीर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ, अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ।' थापाले भनेका छन्।

आफूले पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा यो विचार राखेको थापाले बताएका छन्।

फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुनुपर्ने थापाको भनाइ छ।

'पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रशस्त गर्नुपर्छ', उनले लेखेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब उनीहरुको निजी विषय हुने थापाले बताएका छन्।

 

प्रकाशित: May 16, 2023| 19:19 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्