धनगढी- अछाम सदरमुकाम नगरपालिका-४ स्थित सृजना चोकमा ट्याक्टर पल्टिदा एक महिलाको ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
गाउँका ३५-४० जना स्थानीय बोकेर छिमेकी तिमिल्सेना गाउँमा बुधबार पूर्णीमा दिन लाग्ने दशैं मेला हेर्न जान लागेको लु १ त ५१०१ नम्बरको ट्याक्टर पल्टिएर अन्दाजी ४० बर्षीया मैना केसीको ज्यान गएको हो।
दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएको र उनीहरुलाइ उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। साफेँबगर मंगलसेन सडक खण्डकोबीच सडकमै ट्याक्टरको ट्राली पल्टिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४