बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्र प्रहरीको बढुवामा लफडा, एसएसपीले दिए राजीनामा

सशस्त्र प्रहरीको बढुवामा लफडा, एसएसपीले दिए राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- सशस्त्र प्रहरीको बढुवाका विषयमा ठूलो असन्तुष्टि देखिएको छ । मंगलबार ६ जना डिआइजी बढुवाका लागि सिफारिस भएसंगै सिफारिसमा नपरेकाहरुले असन्तुष्टि जनाउँदै राजीनामा दिन थालेका छन् ।
 
बढुवामा सशस्त्र प्रहरी नियमावलीलाई नै बाधक बनाइएको र भेदभाव गरिएको भन्दै सशस्त्र प्रहरी बलका एसएसपी सञ्जयविक्रम राणाले पदबाट राजीनामा दिएका हुन्। विपत् व्यवस्थापनको प्रमुख रहेका एसएसपी राणाले सोमबार नै राजीनामा दिएको बताए।

आफूलाई बढुवा नगर्न सशस्त्र नियमावली परिवर्तन गरिएको र पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि राजीनामा दिएको उनको भनाइ छ। २०४६ सालमा सहायक सेनानीबाट सेवा प्रवेश गरेका राणा २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना भएपछि सशस्त्रमा स्थानान्तरण भएका थिए। 

सशस्त्र प्रहरी बलमा सेवा प्रवेशका बेला नेपाली सेनाबाट आएकाको हकमा आर्टिनरी वा बस्तोबस्तीका तालिममध्ये एक तालिम गरे स्नातक तहसरहको मान्यता दिइन्थ्यो। तर, कोषराज वन्त आइजिपी हुँदा सो नियमावली परिमार्जन गरी प्रहरी निरीक्षक र सोभन्दा माथिका पदमा बढुवाका लागि अनिवार्य स्नातक तह उत्तीर्ण प्रावधान राखियो ।

नयाँ नियमावली आएपछि नेपाली सेनाबाट सशस्त्र प्रहरीमा सेवा परिवर्तन गरेका केही अधिकृत अन्यायमा परेका थिए । राणाको औपचारिक शैक्षिक योग्यता प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हो।

को को भए डिआइजीमा सिफारिस ? 

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले मंगलबार सशस्त्रका एसएपीहरु प्रजा भक्त, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, सिपी गौतम र गोविन्द क्षेत्रीलाई डिआईजीमा बढुवा सिफारीस गरेको छ । बढुवामा अघिल्लो व्याचबाट एसएसपीहरु भक्त र श्रेष्ठ क्रमस एक र दुई नम्बरमा नयां व्याचबाट एसएपी अर्याल एक नम्बरमा बढुवा सिफारीस भएका हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।