काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ । शैलेश थापा क्षेत्री प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएपछि उनको ठाउँमा सुवेदीलाई ल्याइएको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राति नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेका हुन् ।
असोज २८ को मन्त्रिस्तरीय निर्णयअनुसार प्रवत्ता थापा सहित ११ जना एएसपीलाई डिआइजीमा बढुवा गर्दै मंगलबार पदस्थापना गरिएको छ । डिआइजीमा एक नम्बरमा बढुवा भएका विनोद शर्मा घिमिरे प्रहरी प्रधान कार्यालय प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएका छन् । दोस्रो नम्बरका विकास श्रेष्ठ प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा पुगेका छन् ।
बढुवाको तेस्रो नम्बरमा रहेका ठाकुरप्रसाद ज्ञवाली अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय प्रहरी महाशाखामा सरुवा भएका छन् । यसअघि प्रवक्ता शैलेश थापा क्षेत्री बढुवाको छैटौँ नम्बरमा परेका छन् भने महानगरिय प्रहरी कार्यालय रानीपोखरी आएका छन् ।
बढुवा भएका ११ डिआइजी को कहाँ पदस्थापना भए

