सोमबार, वैशाख २८, २०८३

देउवाको अध्यक्षतामा बस्यो मानव अधिकार समितिको पहिलो बैठक

औपचारिक एजेन्डा नभएकाले पहिलो दिनको बैठक परिचय आदानप्रदानमै सीमित।
 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

काठमाडौं– प्रतिनिधिसभा अधिवेशन सुरु भएको चार महिनापछि आजदेखि संसद्का विषयत समितिको बैठक सुरु भएका छन्।

National life

मंगलबार बिहानदेखि प्रतिनिधिसभाका सबै १० वटा समितिका बैठक बसेका हुन्।  यद्यपि औपचारिक एजेन्डा नभएकाले पहिलो दिनको बैठक ज्येष्ठ सदस्यको सभापतित्व रहेको थियो।

सांसद एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बसेको छ। 

राज्य व्यवस्था समिति बैठकको सभापतित्व राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतित्व राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर जबराले गरेका छन्।

संसद्का विषयगत समितिमा रहेका विभिन्न राजनीतिक दलका नेताहरुले बैठकको अध्यक्षता गरेको संसद् सचिवालयले जनाएको छ। सचिवालयले केही दिनभित्रै समितिका सभापतिको निर्वाचन गर्ने तयारी थालेको छ।

प्रकाशित: May 16, 2023| 11:46 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्