बुधबार, भदौ ३, २०८३

चट्याङबाट घाइते यार्सा संकलक हिमाली भेगमै अलपत्र

 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा सङ्कलकको उद्धार हुन सकेको छैन। उनीहरु तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन्। 

तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन। खराब मौसमका कारण दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चट्याङ लागेर भएकाको उद्धार हुन सकेको छैन। घाइतेको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गामै थन्किएको छ।  

उद्धारका लागि साँझ ४ बजे हेलिकप्टर खलङ्गा आइपुगे पनि मौसममा खराबी आएपछि घाइते रहेको स्थानमा जान नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए। “मौसम  अनुकूल नभएका कारण आज घाइतेको उद्धार हुन सकेन्”, उनले भने–“मौसममा सुधार आए मङ्गलबार बिहानै घाइतेको उद्धारमा लाग्छौँ।” 

घाइतेलाई हुमदुम्तीबाट मलकोटसम्म ल्याइपुर्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको  हुमदुम्तीमा तीन यार्सागुम्बा सङ्कलक घाइते भएका थिए। चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए।  

उनीहरु गाउँलेसँगै यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेग उक्लेका थिए। दार्चुलको हिमाली भेगमा जेठदेखि असार अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन गरिन्छ।  
 

प्रकाशित: May 16, 2023| 07:15 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कर्णालीका सडक चाडबाडमा झन् 'ज्यानमारा'

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्।