बुधबार, फागुन २७, २०८२

मधुमेहका बिरामीले कति खाने आँप?

 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

गर्मी महिना लागेसँगै आँपको सिजन सुरु हुन्छ। बजारमा थरीथरी जातका विभिन्न स्वादका आँप पाइन्छ। फलहरुको राजा मानिने आँप प्रायः सबैलाई मन पर्छ।

National life

आँप यस्तो फल हो जसमा चिनीको मात्रा उच्च हुन्छ, जसले गर्दा मुधमेहका बिरामीहरुलाई चिकित्सकले आँप सकभर नखान सल्लाह दिन्छन्। 

रगतमा चिनीको मात्रा बढेपछि यो रोगको कारण बन्छ। प्यानक्रियाजले पर्याप्त इन्सुलिनको उत्पादन गर्न सक्दैन जसले  गर्दा रगतमा सुगर बढ्न थाल्छ। 

प्रायः मधुमेहका बिरामीहरुलाई चिनीको प्रयोग थोरैमात्र गर्नुपर्ने हुन्छ। मधुमेहका बिरामीलाई यस्तो खानेकुरा खान सल्लाह दिइन्छ जसले रगतमा चिनीको मात्रा धेरै नबढोस्। यस्तो बिरामीलाई सबै फलको सेवन गर्नु पनि हानिकारक हुन सक्ने चिकित्सकहरु बताउँछन्। 

आँपमा चिनीको मात्रा एकदमै धेरै हुन्छ। त्यसैले मधुमेहका बिरामीहरुलाई आँप वर्जितजस्तै गरिएको हुन्छ। यद्यपि स्वास्थ्य विज्ञका अनुसार आँप थोरै मात्रामा खाएमा यसले फाइदा पुर्याउन सक्छ। चिकित्सकका अनुसार थोरै मात्रामा आँप खानाले चिनीको स्तर बढाउँदैन। चिकित्सकले मधुमेह नियन्त्रणमा रहेका बिरामीहरुले सीमित मात्रामा आँप खान सक्ने बताउँछन्।  

Laxmi sunrise bank
kumari

आँपमा चिनीको मात्रा उच्च भए पनि यसमा काब्रसको स्तर कम हुन्छ। आँपमा आवश्यक सबै भिटामिन र मिनरल पाइन्छ। यसमा भिटामिन ई र बी–कम्प्लेक्सको राम्रो मात्रा हुनुका साथै फइबरको स्तर उच्च हुन्छ। यसका साथै आँपमा क्यालशियम, पोटाशियम र कपरको राम्रो मात्रा हुने चिकित्सक बताउँछन्। 

शरीरमा चिनीको मात्रा नबढोस् भनेर एकै पटक धेरै आँप खानु हुँदैन। चिकित्सकका अनुसार मधुमेहका बिरामीले पहिले १ कप जति पुग्ने मात्रा अनुसार आँप खानुपर्छ अनि सुगर बढे नबढेको जाँच गर्नु पर्छ। त्यति आँप खाएर शरिरमा चिनीको मात्रा बढेको छ र कति मात्रामा बढेको छ भन्ने यकिन गरेर मात्रा घटाउनुपर्छ।

चिकित्सकले आँप कम मात्रामा खाने र प्रत्येक दिन चिनीको स्तर नापेर मात्रै कति खाने भनेर नियम बनाउने सल्लाह दिन्छन्। आँपको जुस खानुभभन्दा आँप त्यसै खानु धेरै गुणकारी हुन्छ।
 

प्रकाशित: May 15, 2023| 17:58 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्