बिहीबार, भदौ १२, २०८२

प्रेरणाको स्रोत भने गाउँ पालिकाका पुर्ब अध्यक्ष धामी 

 |  बिहीबार, भदौ १२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १२, २०८२

vianetvianet


सुन्दरसिंह धामी 
दार्चुला -जिल्लाको मालिकार्जुन गाउँ पालिका वडा  नं १ बस्ने रोशनी सामन्त गत बर्श को SEE परिक्षामा 3.22 जिपिए लिएर पास भइन। पास हुनु मात्रै ठूलो कुरो भएन उहाँको पढाई खर्च कसरी हुने भन्ने ठूलो कुरो रहन गयो। खर्च बेहोर्ने कुनै साहार  भएन। बुवा आज भन्दा १० बर्ष अगाडी गाडी दुर्घटनामा बित्नु भयो। आमाले केही समय साहारा दिए पनि उहाँले नि छोडेर जानू भयो । अहिलेको उन्को साथ कुनै मान्छेको साहारा छैन। 

Kumaribank

अहिले HM, नर्सिङ पढने इच्छा छ तर स्रोत भने केही छैन। संगैका साथिहरुले कलेज भर्ना  गरि सके आफ्नो भने बेहाल रहेको रोशनी  सामन्त बताउछिन। घर परिवार आफन्तलाई खबर गर्न नि सहयोग गर्ने कोइ नभए पछि। उन्को दिमागमा हाम्रो मालिकार्जुन गाउँ पालिकाको पुर्ब अध्यक्ष हुनुहुन्छ। समाजिक संजाल फेसबुकमा आर्थिक सहयोग गरेको पनि देखिन्थ्यो। आज उहाँ लाई फोन गर्नु पर्यो भन्ने सोचेर रोशनी सामन्त गाउँ पालिकाका पुर्ब अध्यक्ष नरेन्द्र सिंह धामीलाई फोन गर्छिन। फोन्मा त्यति राम्रो चिनजान पनि भएन। 

डरै डरले फोन गरे फोनमा सबै बृतान्त बताए, मैले कुरो गरिसके पछि धामीले मेरो हातबाट हुने सहयोग पुर्ण हुन्छ चिन्ता  नगर्नु भन्ने आसा दिनु भयो। आजभोलि चाड पर्बको नि बेला भएकोले सबै आआफ्नो काममा ब्यस्त थिए। मेरो पढने धोको पुरो हुन्छकी हुदैन भन्ने मलाई नि चिन्ता  थियो । मैले फोनमै पुर्ब अध्यक्ष धामीलाई १० गते भेटने कुरो गरे। उहाँले पनि सहमति जनाउनु भयो। भन्नेकै दिन १० गते हाम्रो भेट ग्रान्डी अस्पतालको अगाडि  हुन्छ। हामीहरुले चिया गफ गर्दै कुरो कानी अगाडी बढाए। 

कुरो हुँदै थियो नरेन्द्र धामी जि को अरु कुनै अर्कै मान्छेको फोन आयो उहाँले म अहिले दार्चुलाबाट आएकी मेरो बहिनी शीत छु। उहाँको आर्थिक अवस्था निकै नाजुक छ भनेर कुरो सुनाउदा ती नानिको समस्या केहो हामीहरुले के गर्नु पर्छ भनेर धामीलाई प्रश्न गरिन्छ। अध्यक्ष धामीले पनि सबै कुरो उहाँ लाई बताउनु भयो। अब तपाईं चिन्ता  नलिनु उहाँलाई निशुल्क पढने ब्यबस्थापन हामी गरौंला भन्नू तर ती नानिको सबै कागजात चाहिन्छ। बुवाको मृत्यु दर्ता वडा कार्यालयको सिफारिस लिएर आउनु। 

सबै कागजात तयार  नभएकोले मालिकार्जुन गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष रमेश बोहरलाइ फोनबाटै वडाको सिफारिस बनाइदिन आग्रह गरेको धामी बताउँछन । वडाको सिफारिस लगेर धामी र सामन्त यहि भाद्र ११ कलेजमा जान्छन। चाबेल बिनायक कलेजका प्रधानाध्यापक श्री राम सिमखडाले उक्त नानिको HM पढने धोको पुरा गरेको पुर्ब अध्यक्ष धामीले बताए। अहिले उक्त नानी रोशनी सामन्तको साहारा मालिकार्जुन गाउँ पालिकाका नरेन्द्र सिंह धामी भएकाछ्न । कलेज भर्ना भइ सकेपछि रोशनी सामन्तले आफ्नो फेसबुक पेजमा लेखेकी छिन। 

Metro Mart

आदरणीय अध्यक्ष  ज्यू मेरो शिक्षामा साथ र सहयोग दिनुभएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईंको सहयोग, प्रोत्साहन र मार्गदर्शन बिना मेरो पढाइ सहज हुने थिएन। तपाईंले देखाउनुभएको विश्वासले मलाई अझ कडा मेहनत गर्न प्रेरणा दिएको छ।तपाईंले गर्नु भएको सहयोगलाई म सधैं सम्झिरहनेछु। भविष्यमा तपाईंको आशा अनुरूप राम्रो अध्ययन गर्नेछु भन्ने वाचा गर्दछु।फेरि पनि धेरै धेरै धन्यवाद!

प्रकाशित: Aug 28, 2025| 16:05 बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्