सोमबार, वैशाख २८, २०८३

शरणार्थी प्रकरणमा आरजुलाई जोडिएकोमा महिला संघको आपत्ति

 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले नक्कली  भुटानी शरणार्थी  प्रकरणमा  पार्टी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवालाई जोडिएकोमा आपत्ति  जनाएको छ।

National life

संघले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, 'अनुसन्धान चलिरहेको अवस्थामा विभिन्न लाञ्छना लगाई समाचार माध्यमहरुमा आएका आधारहीन र कपोलकल्पित आरोपहरुप्रति नेपाल महिला संघ घोर भर्त्सना गर्दछ।'

विज्ञप्तिमा थप भनिएको छ, ‘सो प्रकरणमा सत्यतथ्य बाहिर आओस् र पूर्ण अनुसन्धान होस् भनेर सार्वजनिक रुपमै उपस्थित भएर बोलिरहेको अवस्थामा उहाँका बारेमा आएका समाचारहरुले भ्रम सृजना गराइरहेको हुँदा आधारहीन भ्रम सृजना नगर्नु हुन नेपाल महिला संघ सबैमा आग्रह गर्छ । यस्ताखाले आधारहीन दुष्प्रचार र महिला नेताहरुमाथि हुने गरेको राजनीतिक हिंसाहरु बन्द गर्न माग गर्छ ।’

साथै संघले यस प्रकरणको निष्पक्ष र प्रभावकारी छानबिनको माग पनि गरेको छ।  

प्रकाशित: May 15, 2023| 17:53 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्