बिहीबार, साउन ७, २०८३

नेकपाको सचिवालय बैठक बस्दै : यस्ता छन् एजेण्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पार्टी भित्र बढ्दै गएको असन्तुष्टि र पार्टी एकताको विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दै छ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टी एकतालाई तल्लो तहसम्म पुर्याउने र शीर्ष नेताहरुमा देखिएको असन्तुष्टि हल गर्ने विषयमा छलफल हुने जनाइएको छ । पार्टी एकीकरण, जनसंगठनहरूको एकीकरणलाई टुङ्गो लगाउने गरि छलफल गरिने एक नेताले जनाकारी दिए । 

यसअघि सोमबारको बैठकमा नेकपाले आन्तरिक एकता कमजोर हुँदा विपक्षीले फाइदा उठाएको निष्कर्ष निकालेको थियो । नेकपा सचिवालयले छठसम्म तल्ला समितिको एकता टुंग्याउने गरि तयारी थालेको छ । माथिल्लो तहमा पार्टी एकता भएको ५ महिना बितिसक्दा समेत नेकपाका तल्ला समिति र जनसंगठन बेग्लाबेग्लै छन्।

यस्तै बुधबारको बैठकमा सरकारको काम कारबाहीका विषयमा पनि समिक्षा हुने भएको छ । सरकारले सोचेअनुरुपको काम नसकेको आरोप लागिरहेका बेला सरकारको गम्भिर समिक्षा गर्न लागिएको हो । स्रोतका अनुसार प्रधानमन्त्री केपीशर्मा ओली मन्त्रीहरु प्रिवर्तन गरेर सरकार नयाँ ढङ्गले चलाउने मनस्थितीमा पुगेका छन् । केही मन्त्रीको विषयमा पनि चर्चा सुरु भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।