सोमबार, वैशाख २८, २०८३

भ्रष्टाचार अजिंगरभन्दा खतरनाक : झलनाथ खनाल

भ्रष्टाचारकै कारण देशले चौतर्फी संकटको सामना गरेको नेता खनालको तर्क।
 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले नेपाली समाजमा भ्रष्टाचार अजिंगरभन्दा खतरनाक हुँदै गएको औंल्याएका छन्। भ्रष्टाचारले नेपाली समाजलाई बेरिरहेकाले यसको अन्त्य तुरुन्तै हुनुपर्ने उनले बताएका हुन्।

National life

आज अनेरास्ववियु र युवासंघको  ५९औं स्थापना दिवस अवसरमा शुभकामना दिँदै नेता खनालले भ्रष्टाचारकै कारण देशले चौतर्फी संकटको सामना गरेको बताएका हुन्।

उनले युवा तथा विद्यार्थीलाई लक्षित गर्दै भने, ‘तपाईंहरूलाई थाहा छ। देश यतिबेला चौतर्फी संकटबाट गुज्रिरहेको छ। भ्रष्टाचाररुपी अजिंगले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरिरहेको छ।’

उनले त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसक्ने दाबी गरे। कम्युनिस्ट शक्ति एकै भएर साम्यवाद नल्याएसम्म केही नहुने उनको तर्क थियो।

प्रकाशित: May 15, 2023| 10:56 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्