सोमबार, वैशाख २८, २०८३

चार जेठमा सांसद-प्रधानमन्त्री प्रश्नोत्तर

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

National life

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालसँग ४ जेठमा प्रतिनिधिसभाका सांसदहरुले प्रश्नोत्तर गर्न पाउने भएका छन्। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय गरेको हो।

बैठकपछि नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जेठ चार गतेको बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिए। उनले संसद्‍मा रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए।

उनले भने, ‘प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भएबमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौं। चार गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागी हुने तयारी हुँदैछ।'

प्रकाशित: May 14, 2023| 17:49 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्