बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगंजमा एक अर्बमा बन्‍यो वयोधा, मेडिकल टुरिजममा योगदान गर्ला ?

वीरगंजमा एक अर्बमा बन्‍यो वयोधा, मेडिकल टुरिजममा योगदान गर्ला ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- संघीय राजधानीमा तारे स्तरको अस्पताल संचालन गरिरहेको वयोधा अस्पतालले राजधानी बाहिर वीरगंजमा पहिलो अस्पताल संचालनमा ल्याउने भएको छ। एकसय शैय्या क्षमताको सुविधा सम्पन्न नारायणी वयोधा अस्पताल संचालनमा ल्याउन लागेको हो।

काठमाडौंमा पहिलो पटक हेलि एम्बुलेन्समार्फत् बिरामी ओसारेर उपचार सेवा शुरु गरेको वयोधाले यहाँ समेत अस्पतालको छतमै हेलिप्याडको व्यवस्था गरेको छ। 

एक बिघा क्षेत्रफलमा करिब एक अर्ब लगानीमा निर्माणाधीन अस्पतालको मुख्य अस्पताल भवन निर्माण भइसकेको छ। अहिले आन्तरिक सज्जा र उपकरण जडान कार्य जारी छ। प्रशासनिक भवन निर्माणको कार्य भर्खरै शुरु भएको निर्माणस्थलमा खटिएका प्राविधिकले जानकारी दिए।
 
अस्पतालको लागि आवश्यक उपकरणलगायतका सामाग्री विदेशबाट आयात भइसकेको छ। आगामी जनवरीसम्ममा सेवा सुरु गर्ने योजनाका साथ द्रूतगतिमा तयारी भइरहेको सम्बद्ध श्रोतले जानकारी दिएको छ।

अस्पताल व्यवस्थापनमा संलग्न संस्था टिआर लाइफसाइन्सेजले अस्पतालले एमआरआई र सिटी स्क्यानसहित विशेषज्ञ सेवा उपलब्ध गराउने जानकारी दिएको छ। साना ठूलासहित डेढ‌‌दर्जन भन्दा बढी अस्पताल संचालनमा रहेको भएपनि अहिले नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र वीरगंज हेल्थ केयर अस्पताललमा मात्र ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌एमआरआइ‌ र सिटी स्क्यान उपलब्ध छ।

यो परियोजना भित्र्याउन सकृय भूमिका निर्वाह गरेका उद्यमी अशोक वैधले स्वदेशी ‌‌‌‌‌‌‌‌मात्र नभएर भारतको बिहारका बिरामीलाई‌‌ समेत लक्षित गरी ‌‌‌‌‌‌‌‌‌‌‌अस्पताल संचालनमा ल्याउन लागिएको नेपाल समयलाई बताए। उनले अस्पताल संचालनले चिकित्सा पर्यटन (मेडिकल टुरिजम) प्रबर्द्धनमासमेत महत्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त भएको बताए।

नेशनल मेडिकल ‌‌‌‌‌‌‌कलेज, एशियन डेण्टल‌ कलेजको शिक्षण अस्पतालसहित डेढ दर्जन् भन्दा बढी अस्पताल संचालनमा रहेको महानगरमा मेडिकल कलेजबाहेक अस्पताल पूर्वाधारमा मात्र भएको यो सर्वाधिक ठूलो लगानी हो। 

यहाँ केही महिनाअघि इम्प्याक्ट नेपालले ४० करोड रुपैयाँ लगानीमा रुंगटा वेलफेयर कान अस्पताल र  क्याल‌ समूहले २० करोड रुपैयाँ लगानीमा  नारायणी अस्पताल संचालनमा ल्याएको छ।

वीरगंजको अस्पतालमा विशेष गरी सस्तो मूल्यमा आँखाको शल्यकृयाको लागी कमजोर आर्थिक अवस्थाका भारतीय नागरिक आउने गरेपनि अन्य उपचार सेवाको लागी यहाँका अस्पतालले सीमावर्ती भारतीय शहरका बिरामी आकर्षित‌ गर्न अझै स्तरिय सेवा प्रदान गर्नुपर्ने चुनौती छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।