बिहीबार, साउन ७, २०८३

राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

३ जेठसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षालगातमा छलफल हुने।
 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक बस्ने भएको छ।
पार्टी मुख्यालय धुमबाराहीमा तीनदिने बैठक बस्ने भएको हो।

आगामी ३ जेठसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका सांगठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले बताए।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी संगठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन्। बैठकमा सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि पेस गरिनेछ।

बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नेछन् । पार्टी कार्ययोजनाको समीक्षा गरी आगामी कार्यदिशा तय गरिनेछ।
गत साउनमा सम्पन्न पूर्ण बैठक करिब १० महिनापछि बस्न लागेको बैठकको तयारी सबै पूरा भएको जनाइएको छ। ३० र ३१ वैशाखमा बस्ने गरी मिति तय भएको बैठक थप तयारी गर्नुपर्ने भएकाले जेठमा सारिएको हो। 

प्रकाशित: May 14, 2023| 14:10 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्