सोमबार, वैशाख २८, २०८३

संसदीय समितिको नेतृत्व बाँड्न सहमत भए प्रचण्ड, देउवा, ओली

संसद्लाई निर्वाध चलाउन र संसदीय समितिमा रहेका पदलाई मिलीजुली खान सत्तापक्ष र प्रतिपक्ष एकमत।
 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं– सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्षी एमालेबीच संसदीय समितिमा नेतृत्व भागबन्डाबारे सहमति जुटेको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको कानेखुसीपछि संसदीय समितिमा भागबन्डाको टुंगो लागेको हो।

National life

बैठक चलिरहेका बेला तीन वटै दलका सचेतकलाई समेत बोलाएर तीन नेताबीच संसदीय समितिको टुंगो लगाइएको एमाले नेता सुवास नेम्वाङले बताए।

उनले भने, ‘यसअघि भएकै सहमतिअनुसार एमाले सार्वजनिक लेखा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व र अर्को एउटा समिति पाउने सहमति जुटेको छ। बाँकी समिति सत्तापक्षका भागमा परेको छ। यसअघि संवैधानिक परिषद् बैठकमा पनि हामीले सत्तापक्षलाई सजिलो बनाइदिएका थियौं।’ संसद् निर्वाध चलाउन सत्तापक्ष र प्रतिपक्ष एकै भएर जान सहमत भएको उनको भनाइ छ।

बालुवाटारमा भएको सहमतिअनुसार समितिका सभापतिको टुंगो आजै लाग्नेछ। सिंहदरबारमा अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।

बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता नेम्बाङ, माओवादी सचेतक हितराज पाण्डे उपस्थित थिए।

प्रकाशित: May 14, 2023| 13:31 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्