बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विधान अड्किदा कांग्रेस महासमिति र नेविसंघ महाधिवेशन अन्योलमा 

विधान अड्किदा कांग्रेस महासमिति र नेविसंघ महाधिवेशन अन्योलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्न नसक्दा ५-९ मंसिरमा आयोजना हुने भनिएको महासमिति बैठक अन्योलमा परेका छ। 

पार्टीको प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी (नेवि) संघको महाधिवेशन र विधानलाई लिएर शीर्ष नेताबीच नै विवाद भएपछि केन्द्रीय कार्य समिति बैठक दुई सातादेखि अनिश्तिकालको लागि स्थगित भएको छ। नेविसंघको ११ औं महाधिवेशन ५ मंसिरदेखि गर्नैपर्ने पार्टीलाई वैधानिक बाध्यता छ। 

यसरी आगामी एक महिनाभित्र दुई वटा महत्वपूर्ण कार्यभार गर्नै पर्ने कांग्रेसका सामू बाध्यता भए पनि महासमिति बैठक स्थलको टुंगो लागेको छैन्। महासमितिमा पेश गर्नु पर्ने विधानले अझै पूर्णता पाएको छैन्। विधान संशोधन सुझाव मस्यौदा समितिले प्रतिवेदनलाई अन्तिम रुप दिन सकेको छैन्। 

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिले विजया दशमीको छुट्टीमा समेत नवमी र दशमीबाहेकका दिनमा समेत कार्यालय खोलेर काम गरिरहेको छ। ‘एकादशीका दिनदेखि मस्यौदा समितिले बिहान ८ देखि साँझ १० बजेसम्म काम गरिरहेको छ’, पार्टी प्रवक्ता विश्वकप्रकाश शर्माले नेपाल समयसँग भने, ‘करिब एक सातामा समितिले प्रतिवेदन तयार गरेपछि केन्द्रीय कार्य समितिमा पेश हुनेछ।’

पार्टीको विधान मस्यौदा समितिले काम गरेपनि नेविसंघको विधानलाई लिएर पार्टी भित्र उब्जिएको समस्या अझै समाधान भएको छैन्। नेविसंघको ११ औं महाधिवेशनको मिति पछिल्लो पटक ५ मंसिरमा पु¥याई पनि विधानको टुंगो लागिसेकेको छैन्। पार्टी संस्थापन पक्षले बहुमतको आडमा गत २१ असोजको मध्यराति नेविसंघ विधानको एउटा अंश मात्र पास गरेको भन्दै संस्थापन इत्तरका नेताहरु सभापति शेरबहादुर देउवासँग रुष्ट बनेका छन्।

नेविसंघले तयार गरेको संगठनको विधानलाई सर्वसम्मतले पास गरी अनुमोदनको लागि दिएको भए पनि पार्टी केन्द्रीय कार्य समिति बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महतले बेग्लै विधान पेश गरेका थिए। सहमहामन्त्री डा महतले पेश गरेको नेविसंघको विधान अध्ययन समेत आफूहरुलाई गर्न नदिई बहुमतको आडमा पास गर्न खोजेको भन्दै संस्थापन इत्तरका चार शीर्ष नेताले निर्णय प्रक्रियाप्रति असहमति (नोट अफ डिसेन्ट) लेखेको थिए।

वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट लेखेपछि सभापति देउवाले २५ असोजमा राखेको केन्द्रीय कार्य समिति बैठक नै स्थगित गरिएको थियो। नेविसंघको विधानको विवादलाई किनारा नलगाएसम्म केन्द्रीय समिति बैठकमा नआउने भनेर असन्तुष्ट नेताले चेतावनी दिएपछि बैठकको मिति अझै तोकिएको छैन्।

महामन्त्री खड्का संयोजकत्वमा गठित विधान मस्यौदा समितिले प्रतिवेदन दिए पनि केन्द्रीय कार्य समिति बैठकमा असन्तुष्ट नेता उपस्थित नहुने भएपछि महासमिति बैठक अन्योलमा परेको हो। असन्तुष्ट नेताहरुकै कारण केन्द्रीय समिति बैठक बस्न नकसेको कुरा उपसभापति विमलेन्द्र निधिले सोमबार विराटनगरस्थित विमानस्थलमा पत्रकारहरुसँग बताएका थिए।

पार्टी प्रवक्ता शर्मा भने शीर्ष नेताले बैठक बहिस्कार गर्ने भएपछि केन्द्रीय समितिको बैठक बस्न नसकेको भन्ने सूचनाले उनीहरुको मानमर्दन गरिरहेको दाबी गरे। ‘कुनै खास मुद्धामा फरक मत राखेकै आधारमा कांग्रेसका शीर्ष नेताहरु केन्द्रीय समिति बैठकमा नै आउनु हुन्न भन्नु उनीहरुको मान मर्दन गर्नु हो’, प्रवक्ता शर्माले भने, ‘लोकतान्त्रिक पार्टीमा निर्णय गर्ने प्रक्रिया एउटै हुन्छ भन्ने छैन, कहिले बहुमत, कहिले सर्वसम्मत र कहिले असहमतिबाट पनि निर्णय हुने गर्छन।’

यता विधान मस्यौदा समितिका संयोजक महामन्त्री खड्काले भने नवमी र दशमीबाहेक हरेक दिन बैठक गरिरहेका छन्। सदस्यता वितरण पद्धति र प्रक्रियालाई टुंग्याएको भनिएको समितिले सभापतिलाई अधिकार बढाउने, घटाउने वा सामूहिक नेतृत्वमा लैजाने भन्ने विषयमा सहमति जुटाउन सकेको छैन्। 

विधान मस्यौदा समितिले मस्यौदा प्रतिवेदन तयार गरेपछि मात्र केन्द्रीय कार्य समितिको बैठक बस्ने प्रवक्ता शर्मा बताउँछन्। उनले केन्द्रीय समितिमा प्रतिवेदन पेश भएपछि पारित हुने र त्यसपछि महासमिति बैठकको सुनिश्चिता दिने दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।