सोमबार, वैशाख २८, २०८३

बालुवाटारमा प्रचण्ड-देउवा-ओली भेट

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं- प्रमुख दलका शीर्ष तीन नेता छलफलमा जुटेका छन्।

National life

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली छलफलमा बसेका हुन्।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ। यो प्रकरण सतहमा आएपछि प्रचण्ड, देउवा र ओलीले तीनपल्ट भेटिसकेका छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री  तथा कांग्रेस नेता बालकृष्ण खाणलगायत १२ जना परिसकेका छन्। यी प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन्।

प्रकाशित: May 14, 2023| 10:23 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्