जनकपुर- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ का मुख्यमन्त्रीले मुलुकमा दुर्घटनाको निम्तो गरेको बताएका छन्।
जनकपुरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान तथा प्रदेश पार्टी कार्यालय उद्घाटन समारोहमा सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले संघीय प्रहरी ऐन आउनुअघि नै प्रदेश प्रहरी ऐन ल्याएर ओभरटेक आरोप लगाएका छन्। उनले भने, 'मुख्यमन्त्रीजीले मुलुकमा दुर्घटनाको निम्तो गर्नुभएको छ। दुर्घटना न निम्त्याउनुस्, तपाईंको मागप्रति म गम्भीर छु ।’
संविधान विपरित संघीय प्रहरी ऐन आउनुअघि नै प्रदेश प्रहरी ऐन ल्याएर मुलुकलार्इ दुर्घटनातर्फ लगिरहेको बताए। 'संघीयपछि त्यसअन्तर्गत प्रदेशले प्रहरी ऐन बनाउने प्रावधान छ', दाहालले भने ‘मौलिक अधिकारसम्बन्धी जरुरी ऐन पारित गर्नुपरेकोले संघीय प्रहरी ऐन ल्याउन केही ढिलो भएको छ। ढिलो भयो भन्दैमा ओभरटेक गर्न मिल्दैन। ’
नेकपा अध्यक्ष दाहालले अलग मधेस बनाउन खोजिए मधेसीले धोका पाउने बताए। 'काठमाडौंबाट मधेस अलग गरी मधेसीको माग पूरा हुँदैन' दाहालले भने, ‘विखण्डनले मधेसको माग पूरा हुँदैन।’ विखण्डनले डाकाहरुको माग मात्र पूरा हुने उनले टिप्पणी गरे। विखण्डनले शत्रुको माग पूरा हुन्छ मित्रको माग पूरा हुँदैन उनले भने।
आफ्नो मन्तव्यको क्रममा मुख्यमन्त्री राउतले संविधान संशोधन,प्रदेश प्रहरी ऐन तथा कर्मचारी व्यवस्थापनमा संघीय सरकारले असहयोग गरेको भन्दै आक्रेश पोखेका थिए।
‘संघीय प्रहरी ऐन अन्तर्गत प्रदेश प्रहरी ऐन बनाउने प्रावधान छ,’ मुख्यमन्त्री लालबाबु राउतसमेत उपस्थित रहेको कार्यक्रममा प्रचण्डले भने,‘मौलिक अधिकारसम्बन्धी आवश्यक ऐनहरु पारित गर्नुपरेकोले संघीय कानुन ल्याउन केहि ढिला भएको छ। ढिलो भयो भन्दैमा ओभरटेक गरेर कानुन ल्याउन मिल्दैन।’
प्रदेश सरकारले करार कर्मचारी भर्नासम्बन्धी कानुन ल्याउने तयारी गरिरहेको बेला नेकपा अध्यक्ष प्रचण्डले प्रदेश सञ्चालनका लागि कर्मचारी समायोजन गर्न संघीय सरकार जोडतोडले काम गरिरहेको उल्लेख गरे। कर्मचारी प्रदेश २ मा मात्रै नभएर सबै प्रदेशमा आवश्यक रहेको बताउँदै हतारमा आफ्नै कानुन बनाएर दुर्घटना निम्त्याउन उनले प्रदेश सरकारलाई सचेत गराए।
सीके राउततर्फ इंगित गर्दै उनले अलग मधेश बनाउन खोजिए मधेशीले धोका पाउने निश्चित रहेको प्रण्डले बताए । काठमाण्डौंबाट अलग भएर मधेशको माग पुरा नहुने बताउँदै प्रचण्डले भने,‘विखण्डनले मधेशको माग पुरा हुँदैन। विखण्डनले डाकाहरुको मागमात्र पुरा हुन्छ।’
सरकार समयानुकूल संविधान संशोधन गर्न तयार रहेको बताउँदै प्रचण्डले भने,‘संविधान संशोधन गर्ने सहमति अनुसार उपेन्द्रजी सरकारमा आउनु भएको छ । समयानुकूल संविधान संशोधन हुन्छ ढुक्क भएर बस्नुस।’
शुभकामना कार्यक्रममा सहभागी हुन शिक्षामन्त्री गिरिराजमणी पोखरेल, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, नेकपा महासचिव विष्णु पौडेललगायतका नेताहरु जनकपुर पुगेका थिए।
आसनग्रहण नगराएपछि कार्यक्रममा हंगामा
कार्यक्रममा केन्द्रीय सदस्य महादेव यादवलाई आसनग्रहण नगराएपछि केहिबेर हो-हल्ला मच्चिएको थियो। उदघोषकले केन्द्रीय सदस्यलाई आसनग्रहण नगराएको भन्दै नेकपा नेता श्याम यादवले हो-हल्ला गरेका थिए । कार्यक्रमको उदघोषण प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले उदघोषण गरेका थिए।
पोलिटब्युरो सदस्यहरुको आसनग्रहणपछि केन्द्रीय सदस्यको आसन नगराई प्रदेश सदस्यहरुको आसनग्रहण गराइएको भन्दै कार्यक्रममा विवाद भएको थियो। पछि नेकपा अध्यक्ष प्रचण्डले समेत सम्झाइ बुझाइ गराएपछि विवाद साम्य भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४