सोमबार, वैशाख २८, २०८३

एमालेले मंसिरमा मध्यपहाडी लोकमार्गस्तरीय अभियान सञ्चालन गर्ने

 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

National life

काठमाडौं- नेकपा एमालेले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको पाँचौ केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। 

युवाहरुको बीचमा पार्टीको कामलाई प्रभावकारी बनाउन आफ्नै घर घरबाट अभियान चलाउनुपर्ने अवस्था आएकोले एमालेले ‘देशैभरी छोराछोरी’ अभियान सञ्चालन गर्ने निर्णय भएको एमाले नेता विष्णु रिजालले जानकारी दिए। बाउआमा राजनीतिमा रहेपनि छोराछोरी राजनीतिमा नआउने प्रवृत्ति रहेकोले त्यसका लागि यो अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए। 

केन्द्रदेखि वडासम्म नियमित ढंगले पार्टी कार्यालय सञ्चालन हुने भएकोले नेताहरुको भेटघाट पार्टी कार्यालय केन्द्रीत गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।  यस्तै विगतमा पार्टीका नेताहरुलाई सेल्टर दिने ब्यक्तिहरुलाई समेटेर पुस्तक निकाल्ने निर्णय गरेको पनि रिजालले बताए।
 

प्रकाशित: May 13, 2023| 20:02 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्