बुधबार, भदौ ३, २०८३

देव व्रतको कविता संग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक

कोठा, के छ, आगमन, ऊ, तिमी गएपछि, सहर, नक्कली किसान, पृथ्वी, कर्णाली, आमा तिमी मूर्ख हौ, अश्वत्थामाको निधारबाट बागमती बग्छलगायत कविता कृतिमा समावेश छन्। 
 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं– कवि तथा पत्रकार देव व्रतको कविता संग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ विमोचन भएको छ।शनिबार राजधानीको सर्वनाम थिएटरमा कविता संग्रह विमोचन गरिएको हो। 

संग्रहमा ३८ कविता समावेश गरिएको छ। कविता कृतिमा कोठा, के छ?, आगमन, ऊ, तिमी गएपछि, सहर, नक्कली किसान, पृथ्वी, कर्णाली, आमा तिमी मूर्ख हौ, अश्वत्थामाको निधारबाट बागमती बग्छलगायत समावेश छन्। 

देवको यो पहिलो कविता संग्रह हो। कवितामा सरल भाषा अपनाएर समाजका विकृति र विसंगतिबारे असन्तुष्टि पोखिएको छ। 

विमोचन कार्यक्रममा उपस्थित कवि तथा गीतकार श्रवण मुकारुङले देवका कविता उनी नयाँ कविजस्तो नलागेको प्रतिक्रिया दिए। उनले भने, देवको नयाँ कविता कृति पढ्दा लाग्यो, नयाँ कवि होइनन्। निखारिएका कवि हुन्।’

प्रकाशित: May 13, 2023| 15:55 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।