बिहीबार, साउन ७, २०८३

महोत्सवको विरोधमा बजार बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- सुर्खेतमा आयोजना गरिन लागेको महोत्सवको विरोधमा मंगलबार वीरेन्द्रनगर बजार बन्द गरिएको छ। 

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले व्यापारीसँगको समन्वय नै नगरी महोत्सव आयोजना गर्न लागेको भन्दै बजार बन्द गराएको हो। ‘महोत्सव आयोजकले हामीसँग समन्वय गरेनन्’, फेन्सी व्यवसायी प्रेमप्रसाद पाण्डेले भने, ‘महोत्वका नाममा व्यवसायलाई टाट पार्न खोजेपछि बजार बन्द गरेका हौँ।’

सुर्खेत उद्योग वाणिज्य संघ अर्न्तगत फेन्सी रेडिमेड वस्तुगत समितिका अध्यक्षसमेत रहेका पाण्डेले आफूहरूको आन्दोलनमा उद्योग वाणिज्य संघको पनि साथ रहेको दाबी गर्दै व्यसायीहरू कसैको करकापमा नभै स्वतस्फूर्त आन्दोलित भएको जिकिर गरे। तर सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बजार बन्द गराउनुमा संघको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। 

यता, मेला आयोजक मुल समितिका संयोजक पञ्चसिंह रोकायले व्यवसायीले नै व्यापार मेलाको विरोध गर्नुको औचित्य नभएको बताए। स्थानीय व्यवसायीका लागि स्टल बुकिङमा समेत २० प्रतिशत छुट दिएको भन्दै सबैको समन्वय र सहकार्यबाटै मेला आयोजना गर्न लागिएको उनको दाबी छ।

‘आफूले पटक-पटक मेला लगाउँदा व्यवसायीहरू मर्कामा नपर्ने अरुले लगाउँदा चाहीँ किन विरोध?,’ रोकायले भने आफूले गर्दा ठिक र अरुले गर्दा बेठिक भन्नु विरोधका लागि विरोध मात्रै हो।’ तयारी पुरा भइसकेकाले निर्धारित दिनमै महोत्सव शुरु हुने उनको दाबी छ।

सुर्खेतमा यही कात्तिक ९ देखि १९ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा ‘कृषि तथा साँस्कृतिक पर्यटन प्रबर्द्धन व्यापार महोत्सव’ सञ्चालन गर्न लागेको छ। केही दिनअघिमात्र व्यापारीहरुले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर महोत्सव बन्द गराइदिन समेत आग्रह गरेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।