बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राज्य सञ्जाल खडा गरेर मानव तस्कर गर्नेलाई कठोर सजाय दिन नेता शेखरको आग्रह

राज्य सञ्जाल खडा गरेर मानव तस्कर गर्नेलाई कठोर सजाय दिन नेता शेखरको आग्रह

सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरुबाट भइरहेको भ्रष्टाचारका कारण लोकतन्त्र र नेपालकै छविमा दाग लागेको नेता कोइरालाको गुनासो।
 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं– कांग्रेस नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकै ठूलाबडा भए पनि कठोर कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।

नक्कली शरणार्थी प्रकरणमा पार्टी सभापति शरेबहादुर देउवापत्नी आरुजु राणा र पक्राउमा परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणमाथि आरोप लागेको छ। खाण सोही प्रकरणमा प्रहरी हिरासतमा छन्। दुई दिनअघि गृहनगर विराटनगर पुगेका बेला पनि नेता कोइरालाले सोही आशय व्यक्त गरेका थिए।

कोइरालाले पुनः शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करीजस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ। हामी लज्जित भएका छौं। तसर्थ, राज्यको जुनसुकै तह र तप्काको जोकोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्दछ।’

देशका शासक र प्रशासकप्रति आमनागरिकको चरम अविश्वास बढ्दो रहेको उल्लेख गर्दै उनले दशकौं संघर्ष गरेर ल्याइएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारिएको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘अब समय आएको छ– भ्रष्टाचारविरुद्ध आमनागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने।’

प्रकाशित: May 13, 2023| 11:22 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्