बिहीबार, साउन ७, २०८३

एमालेले वार्षिक कार्ययोजना तयार पार्ने

नेकपा एमालेले स्थायी कमिटीको बैठकपछि पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने भएको छ। 
 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं- नेकपा एमालेले स्थायी कमिटीको बैठकपछि पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने भएको छ। 

गत बिहिबार देखी सुरु भएको एमालेको चौथौ केन्द्रीय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको वार्षिक कार्ययोजना बनाउन लागेको हो। प्रचार विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने बार्षिक कार्ययोजना केन्द्रीय समितिमा पेस गरी पारित गरिनेछ।  

शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो। जसअनुसार गण्डकीबाट पदमा अर्याल, वाग्मतीबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशबाट सुजिता शाक्यले आ आफ्नो क्षेत्रको प्रतिवेदन पेस गरेका थिए। 

सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल गरिएको थियो। आज बस्ने केन्द्रीय समिति बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ। 

प्रकाशित: May 13, 2023| 08:08 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्