सोमबार, वैशाख २८, २०८३

जसपाको विधान अधिवेशनमा ७७८  प्रतिनिधि हुने

 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं- जसपाको विधान अधिवेशनमा प्रतिनिधि ७७८ जना हुने, चयन गर्न मातहत समितिलाई परिपत्र 
 
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले मातहत समिति र सङ्गठनलाई आगामी जेठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन आज परिपत्र जारी गरेको छ।

National life

आगामी असार ९ गतदेखि हुने पार्टीको विधान अधिवेशनका लागि प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरिएको सो पार्टीले जनाएको छ।

यसैगरी जसपाको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७७८ हुने भएको छ। प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको हो।

केन्द्रीय समितिमा ४२३, सात प्रदेश समितिबाट ४९ जना, १० राष्ट्रिय समितिबाट ५० जना, तीनवटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट १३५ जना, पाँचवटा महानगरपालिकाबाट पाँचजना प्रतिनिधि रहने व्यवस्था गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

उनका अनुसार ट्रेड युनियन महासङ्घ, विद्यार्थी, युवा, महिला, कानून व्यवसायीबाट दुईरदुईजना प्रतिनिधि रहनेछन्। बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासङ्घ, किसान महासङ्घ, आदिवासी जनजाति महासङ्घ, खेलकुद महासङ्घ, सांस्कृतिक महासङ्घ, पिछडा वर्ग महासङ्घ, शिल्पी दलित महासङ्घ, थारु सङ्घ, मुस्लिम सङ्घ, सुकुम्वासी सङ्घ, प्रेस युनियनबाट एक/एकजना प्रतिनिधि हुनेछन्।

यस्तै, मधेस प्रदेश समितिलाई, कोसी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लालाई थप प्रतिनिधिको व्यवस्था गरेको छ। सोअनुसार मधेस प्रदेश समितिलाई पाँचजना, कोसी प्रदेशका धनकुटा, मोरङ र सुनसरी जिल्लाबाट चार/चारजना, मधेस प्रदेशका प्रत्येक जिल्लाबाट पाँच/पाँचजना थप प्रतिनिधि रहने जनाइएको छ। 

लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेलाई चार/चारजना थप प्रतिनिधिको व्यवस्था गरिएको र केन्द्रीय समितिले १० जना प्रतिनिधि मनोनयन गर्ने जनाइएको छ। रासस

प्रकाशित: May 13, 2023| 06:40 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्