बिहीबार, साउन ७, २०८३

 सशस्त्र प्रहरी हबल्दार घुससहित पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- सशस्त्र प्रहरीका एकजना हवल्दार जनकपुरबाट घुससहित पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका-४ कदम चोकबाट सशस्त्र प्रहरी हवल्दार चन्देश्वर गिरी १२ हजार घुस रकमसहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट आएको टोलीले गिरीलाई घुससहित पक्राउ गरेको हो। 

भारतको सीमावर्ती क्षेत्रबाट सामान ल्याउन सहज बनाइदिने भन्दै गिरीले सेवाग्राहीबाट १२ हजार घुस रकम माग गरेका थिए। सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा कदम चोकस्थित एक पसलबाट सशस्त्र प्रहरीका गिरीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका गिरीबारे थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।