सोमबार, वैशाख २८, २०८३

एमालेले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

National life

काठमाडौं- नेकपा एमालेले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। स्थानीय तहमा बजेटका लागि सल्लाह-सुझाव दिने उद्देश्यले प्रशिक्षण दिन लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।

प्रशिक्षण कार्यक्रम जेठ १२ र १३ गते काठमाडौंमा सञ्चालन हुनेछ। प्रशिक्षणमा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षहरु सहभागी हुनेछन्।

स्थानीय तहका जनप्रतिनिधि र पार्टी कमिटीका बीचमा समन्वय नभएको गुनासो आएपछि कार्यक्रम गर्न लागिएको हो।
 

प्रकाशित: May 12, 2023| 16:50 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्